सप्तरी पंसेरा ८ का रामचरण साह मनमा थुप्रै सपना बोकेर साउदी अरव पुगे । तर, तीन महिना नपुग्दै उनको सपना चकनाचुर भयो । उनी विदेशिएको ८ महिना भयो । साउदी पुगेको तीन महिना नवित्दै साहको पेटमा दुखाई सुरू भयो र, विपत्तिले डेरा जमायो । कम्पनीले नाटक गर्छ भनेर उपचारमा पनि लान मानिरहेको थिएन । जव एक्कासी उनी मुर्छित र बेहोस भए त्यसपछि उनका साथिहरूले मुदिरलाई भनेर एम्बुलेन्स बोलाए । र, हतारहतार हस्पिटल लगे । चेकजाँच पछि डाक्टरले अल्सरको भएको बताए । त्यसपछि अपरेशन अपरेशन भयो । ‘म अप्रेशनवारे अनभिज्ञ छु । वेहोसमा थिएँ । पेट चिरेको घाउ ठूलो छ । म कसरी बुझ्नु र चित बुझाउनु ? अपरेशन गरेको पुर्जा पनि कम्पनीले नै राखेको छ ।’
‘उनिसँग रहेको ३ हजार रियाल र कम्पनीसँग रहेको २ हजार रियाल पनि उपचारमै खर्च भयो’ मुदिरले भने । कम्पनीले एम्बुलेन्सको खर्चबाहेक कुनै खर्च व्यहोरेको छैन् । एक महिना भन्दा बढी हस्पिटलमा बसेपनि घाउ राम्रोसँग निको भएको थिएन तर, खर्च अभावले हस्पिटलबाट बाहिरिनुपर्यो । डाक्टरले केहि महिना खानुभनेर लेखिदिएको औषधी पनि पैसा अभावले खान सकेको छैन । घरबाट आमाबुवाले जग्गा बेचेर पठाईदिएको पैसा पनि साहसँग सकियो । उता नेपालमा आमाबुवा चिन्ताले थलिएका छन् । यता विदेशमा रामचरण थप उपचार गर्न र नेपाल फर्किन पाउ भनेर धेरैलाई हारगुहार गरिहरहेका छन् ।
उनको अपरेशन गरेको पेट फेरि दुख्न थालेको छ । हस्पिटलको पुर्जी र खुरूजपेपर पनि कम्पनीले कतै उजुरी गर्छ भनेर खोसेको छ । ‘हस्पिटलमा जाँदा पुरानो अप्रेशन गरेको पुर्जी माग्छ । नयाँ हस्पिटलमा जाँदा पनि अप्रेशन पुर्जा र खुरूज पेपर खोज्छन् म त अपरिचित छु हजुर म कसरी बाँच्नु र नेपाल फर्किनु कुनै उपाय छैन् ?’ उनले भने ‘कम्पनीले कुनै वास्ता गर्दैन् । एजेन्टको फोन लाग्दैन् । मेन्पावरमा फोन गरे, कम्पनी नै टेर्दैन् भन्छ । कैयौं पटक एम्बेसी धाएको छु वास्ता गर्दैन । नेपाल पठाउन १४ हजार रियाल कम्पनीलाई तिर्नुपर्छ एम्वेसीका कर्मचारीले यसै भन्छन् ।’ जीवनको आस मारिसकेको छु । नेपालमा जस्तै विदेशमा पनि पैसा ठग्नेहरुको जगजगी छ । भावुक स्वरमा उनले भने ‘के गर्ने हजुर म जिउँदो घर अर्थात नेपाल फर्किन चाहन्छु ।’
सप्तरी छातापुरका एजेन्ट फनिलाल साहले एक लाख तीस हजार पैसा लिएर काठमाण्डौ ललितपुर कुपन्डोलमा रहेको द.न.३१८र०५९र०६० को अल्जाफर मेनपावरबाट आलमुनियम फ्क्ट्रिमा लेबर कामका लागि आठ घण्टाको एकहजार रियाल तलवको एग्रिमेन्ट गरेर साउदी गएका हुन् । तर, उनले भनेको जस्तो तलव छ न काम नै । कुल्लीको काम गरिरहेका छन् उनी । महिनैपिच्छे तलव पाउँदैन्, तीन चार महिनामा कम्पनीले तलव दिन्छ त्यो पनि पुरै दिँदैन् । उनले भने, ‘पुरै तलव माग्दा कम्पनीको मुदिर नेपाली कामदारमाथि जाईलाग्छ । घर जान्छु भन्दा पनि जान दिएको छैन् । कतै मेरो यो हालतको बारेमा खबर गर्दा पनि कम्पनीले थप पीडा दिन्छकी जस्तो लाग्छ । नेपाली एम्बेसी धाएको ६ महिना भैसक्यो । तर, हाम्रै देशका कर्मचारीले सहयोग गरेका छैनन्् एम्बेसीमा जाँदा । सबै पैसा म व्यहोर्छु भन्दा पनि कुनै चासो देखाउदैन ।
–रातोपाटी
No comments
Post a Comment