Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, May 13, 2017

नेप्टेचौरमा दुई मोटरसाइकलमा आगजनी

बाबियाचौर(म्याग्दी), ३० वैशाख । बेनी नगरपालिका– ९ नेप्टेचौरमा शुक्रबार राति नेपाली काँग्रेस र नेकपा(एमाले)का कार्यकर्ताबीच झडप हुँदा दुई मोटरसाइकलमा आगजनी भएको छ ।
सो क्रममा एउटा मोटरसाइकलमा सामान्य क्षति, स्थानीय सहकारीको कार्यालयमा तोडफोड र एक थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ना ४५ प १६९७ र ध १ प २४७८ नंको मोटरसाइकल आगजनीबाट ध्वस्त भएको र एउटा मोटरसाइकलमा सामान्य क्षति पुगेको छ । स्थानीय इच्छा महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा समेत तोडफोड हुँदा सहकारीको कागजात र खाता हराएको अध्यक्ष शान्ति रोकाले बताउनुभयो ।

तोडफोड र आगजनी गर्ने पक्षलाई अर्को पक्षले देखाएको हतियार बरामद गरिएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताउनुभयो । प्रहरीका अनुसार सो भरुवा बन्दुक रवि कार्कीले व्यक्तिगत सुरक्षाका लागि जिप्रकाबाट अनुमति लिएर राखेका थिए ।

निर्वाचनका समयमा हतियार प्रहरीलाई बुझाउन जिप्रकाले सार्वजनिक सूचनामार्फत आग्रह गरे पनि १४ जनाले मात्र बुझाएका थिए । घटनापछि दुई पक्षको भागाभाग भएको र प्रहरीले हतियार नियन्त्रणमा लिएको प्रनाउ खड्काले बताउनुभयो । उहाँका अनुसार घटनामा संलग्नको खोजी भइरहेको छ ।
काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार चक्र केसीले राति बेनीबाट गएका एमालेका कार्यकर्ताले मोटरसाइकलमा आगजनी, स्थानीयवासीको घरमा तोडफोड र कोठामा सुतिरहेका आफ्ना कार्यकर्तालाई आक्रमण गरेको आरोेप लगाउनुभयो ।

एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदीले काँग्रेसका कार्यकर्ताले फोनमा कुरा गरेर हिँडिरहेका आफ्ना कार्यकर्तालाई आक्रमण गरेपछि कोठामा लुकेर बसेका काँग्रेसका कार्यकर्तालाई खोज्न जाँदा देखाएको बन्दुक खोसेर प्रहरीलाई बुझाइएको बताउनुभयो ।

घटनास्थल बेनी– ९ को कार्यालय नजिकैको घरमा बेनी–पाखापानी सडक आयोजनाको ठेक्का लिएको हिमदुङ नाना ठोक्कर जेभीको कार्यालय थियो । काँग्रेस कार्यकर्ता कार्कीले कम्पनीको कार्यालयका रुपमा प्रयोग गर्दैआएको सो घरमा काँग्रेसका वडाध्यक्षका उम्मेदवार केसीको सम्र्पक कार्यालय पनि थियो ।
क्षतिको विवरण सङ्कलन र अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलमा परिचालन गरिएको र घटनामा संलग्नको खोजी तीव्र पारिएको बताइएको छ । रासस

No comments

Post a Comment