Latest News

Monday, May 8, 2017

१९ बर्षिय क्रिकेट ब्याट प्रहारबाट राईको मृत्यु

सुनौलो न्यूज
 मोरङ। मोरङको सुन्दरहरैचा नगरपालिका-४ बस्ने १९ बर्षिय सचिन कुमार राईको आइतबार क्रिकेट ब्याट प्रहारबाट ज्यान गएको छ। राईलाई क्रिकेट खल्ने क्रममा सामान्य विवाद पश्चात सोही ठाउँका अन्दाजी १९ बर्षिय रोशन बहादुर दाहालले क्रिकेट खेल्ने ब्याटले टाउँकोमा प्रहार गरेका थिए। ब्याट प्रहारबाट गम्भिर घाइते भएका सचिनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो।ब्याट प्रहार गर्ने दाहाललाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

No comments

Post a Comment