#रौतहटमा मोटरसाइकल दुर्घटना एक चालकको मृत्यु दुई गम्भीर घाइते
#Rip
बैशाख ३० _ रौतहट जिल्लामा दिन प्रतिदिन मोटरसाइकल दुर्घटना बढेकोछ। रौतहटको जिल्लाको मौलापुर गाउँपालिका स्थित आज बिहान दुइटा मोटरसाइकल एक आपसमा ठोक्किदा एकजना चालकको घटनास्थलमै मृत्यु भएको छ । भने दुई जना गम्भीर घायल भएकोछ।
मृत्यु हुनेमा मौलापुर ३ मर्यादपुर गाउँका २५ बर्सका मुकेस कुमार पटेल रहेको प्रहरी नायव उपरीक्षक नविण कृष्ण भण्डारीले बताएकोछ।
बन्कुल बाट मौलापुर तर्फ गइरहेको बा२८प ५८७ नम्बर को मोटरसाइकल र बिपरित दिसा बाट आउदै गरेको ना १३प ११३५ नम्बर को मोटरसाइकल पथरा बुधराम गाउँ नजिकै बिहानै दुर्घटनामा परेकोथियो ।
सो स्थानमा रहेको घुमाउरो बाटोमा तीब्र गतिमा गुडिरहेको दुबै मोटरसाइकल अनियन्त्रित भै दुर्घटना हुनगएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाछन।
अर्का चालक कटहरिया गाउपलिका १ भसेढ्वाका १७ बर्षका रामजी यादव र पछाडी बसिरहेका फतुआ बिजयपुर गाउँ पालिका पेटभर्वा टोलका २५ का हरिन्दर यादवको गम्भीर अवस्थामा जिल्ला अस्पताल गौरमा उपचारका ल्याएकाछन। तर घायलको अवस्था चिन्ताजनक भएकोले घायललाई काठमाडौं रेफर गरेको प्रहरी नायव उपरीक्षक नविण कृष्ण भण्डारीले बताएकोछ।श्रोत:चारपाला दर्पण.com पेज
No comments
Post a Comment