Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, May 7, 2017

कांग्रेस सभापति देउवाको पुतला दहन

जुम्ला: नेपाली कांग्रेस जुम्लाका कार्यकर्ताले सभापति शेरबहादुर देउवाको पुतला जलाएका छन् । चन्दननाथ नगरपालिकाको मेयर पदका लागि केन्द्रबाट हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै असन्तुष्ट पक्षले जुम्ला बजारमा विरोधसहित पुतला जलाएका हुन् ।
कार्यकर्ताले समग्र नेपाली कांग्रेस जुम्लाले चयन गरेका व्यत्तिलाई टिकट नदिएर केन्द्रबाट हस्तक्षेप गरी कान्तिका सेजुवाललाई नगरपालिकाको मेयर पदको टिकट दिएको भन्दै असन्तुष्टी जनाएका छन् । पार्टीले सेजुवाललाई टिकट दिएपनि अर्को पक्षले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरीरहेको छ । पूर्व जिल्ला सभापति मानव सेजुवालकी पत्नी कान्तिका सेजुवालले चन्दननाथ नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरिसक्नु भएको छ ।
 नेतृत्वले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी चयनमा हस्तक्षेप गरेको भन्दै जुम्ला बजारमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले विरोध जनाएका छन् । नगरपालिका र गाउंपालिकाको प्रुमख र उप प्रमुखको टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका हुन ।
जिल्ला कार्यसमितिलाई दिइएको अधिकार अनुसार जिल्ला कार्यसमितिले नगर प्रमुखमा राजुसिंह कठायतलाई बहुमतीय प्रणालिबाट सिफारिस गरेपनि केन्द्रबाट मंगलबार विहान मात्रै कान्तिका सेजुवाललाई टिकट दिएपछि विरोध शुरु भएको हो ।
जिल्ला कार्यसमितिलाई दिइएको अधिकार केन्द्रले हस्तक्षेप गरेको भन्दै नगरपालिकाभित्र कांगे्रसले उम्मेदवारी दर्ता नगराउने वताएको छ । कार्यकताहरुले संसद ललितजंग शाही र जिल्ला कार्यसमितिका पदाधिकारीहरुको राजीनामा माग गरेका छन् । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता सुरु भएको छ।annapurnapost

No comments

Post a Comment