बैकक । आतङ्ककारी ग्रस्त बनाएको दक्षिणी थाइल्याण्डमा मङ्गलबार भएको दुई वटा बम विस्फोटमा परी कम्तीमा ४० व्यक्ति घाइते भएका प्रहरीले जानकारी दिएको छ। बौद्धधर्मावलम्बीहरुको बाहुल्यता रहेका यस देशमा मुसलमानको बलियो प्रभाव रहेको सीमा क्षेत्रमा दशकौँदेखि हिंसा जारी रहेको
छ।
यस पछिल्लो आक्रमण पत्तानी प्रान्तको एक सहर नजिकैको सुपरमार्केटबाहिर स्थानीय समयानुसार मङ्गलबार २ बजे दिउँसो भएको थियो।
पहिलो बम सानो भएको र यस बम विस्फोटबाट कुनै पनि व्यक्ति घाइते नभएका बताइएको छ।
तर दोस्रो बम भने भीषण भएको र यो कारबम हो या होइन सो भने प्रष्ट नभएको बताइएको पत्तानी प्रान्तका प्रहरीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्। घाइते भएका चालिसमध्ये एकको अवस्था भने चिन्ताजनक भएको बताइएको छ।
दक्षिणी थाइल्याण्डको अशान्त क्षेत्रहरुमा सन् २००४ देखि हालसम्म भएको बम आक्रमणलगायत विभिन्न हिंसामा परी छ हजार ८०० व्यक्तिको मृत्यु भइसेकेको छ।
No comments
Post a Comment