Latest News

Sunday, May 7, 2017

कुकुरले टोकेमा तुरन्त गर्नुहोस् यी ५ काम

बैशाख २० – कुकुरले टोकेपछि संक्रमणको खतरा बढ्ने गर्दछ । तर थुप्रै पटक यो खतरा यति बढ्ने गर्दछ कि व्यक्तिको मृत्यु नै हुनसक्छ । यसबाट बच्नका लागि केही सावधानी अपनाउन आवश्यक छ ।
कुकुरले टोकेपछि सबैभन्दा डर रेबिजको हुन्छ । रेबिज लागेका मानिसहरु पागल हुने गर्दछन् र जनावरजस्तो व्यवहार गर्न थाल्छ । यदि समस्या लामो समयसम्म रहिरह्यो भने व्यक्तिको मृत्यु पनि हुने गर्दछ ।

के हो रेबिज ?
रेबिज एक भाइरस हो जुन कुकुर, बिरालो, चमेरो, ब्वाँसो वा भालूजस्ता जनावरमा पाइन्छन् । यदि यो भाइरस भएको जनावले कुनै व्यक्तिलाई टोक्यो भने त्यसको र्यालमार्फत उक्त व्यक्तिलाई सर्ने गर्दछ । यसले भाइरस सेन्ट्रल नर्भस सिस्टममा अट्याक गर्दछ जुन मृत्युको कारण बन्न सक्छ ।


रेबिज भाइरसबाट कसरी बच्ने ?
यदि कुकुरले टोक्ने बित्तिकै केही सावधानी अपनाए रेबिज भाइरसको खतराबाट बच्न सकिन्छ । मेदान्त द मेडिसिटी हस्पिटल, गुडगांवको इन्फेक्सियस डिजिजका विज्ञ डा. नेहा गुप्ताले कुकुरले टोक्दा अपनाउनुपर्ने केही ५ टिप्सबारे जानकारी दिएकी छिन् ।

१. पानीले धुनुहोस्ः

जुन ठाउँमा कुकुरले टोकेको छ, त्यसलाई सफा पानीले धुनुहोस् । यसो गर्दा घाउमा ब्याक्टेरियाको खतरा कम हुनेछ ।

२. घाउलाई नथिच्नुहोस्ः

यदि घाउबाट रगत बगिरहेको छ भने त्यसलाई नथिच्नुहोस् । केही समयसम्म रगत बग्न दिनुहोस् ।

३. एन्टिबायोटिक क्रिम लगाउनुहोस्ः

त्यस लगत्तै एन्टिबायोटिक क्रिम लगाउनुहोस् । यसले इन्फेक्शन पूरा शरिरमा फैलन रोक्नेछ ।

४. ब्यान्डेज लगाउनुहोस्ः

त्यसपछि घाउमा ब्यान्डेज लगाउनुहोस् । यसो गर्दा वातावरणमा रहेको ब्याक्टेरिया घाउसम्म पुग्न पाउँदैन ।

५. डाक्टरको उपचार लिनुहोस्ः

यो प्राथमिक उपचार लगत्तै डाक्टरलाई भेट्नुहोस् । उनको सल्लाह अनुरुप आवश्यक उपचार गराउनुहोस् । रातोपाटी डट कम बाट साभा

No comments

Post a Comment