Latest News

Tuesday, May 9, 2017

महिनावारीमा हुने पीडाबाट थाहा हुनेछ कति हुनेछ प्रसवपीडा

एजेन्सी
बैशाख २६ – महिनावारीमा हरेक महिलाको अनुभव भिन्न हुन्छ । कसैलाई अत्यधिक समस्या हुन्छ भने कसैलाई कम । थुप्रै महिलाले त महिनावारीको हुँदा प्रकृतिलाई कति दुःख दिएको भनी गालीसमेत गर्छन् तर विश्वास गर्नुहोस् यी महिनावारीमार्फत् प्रकृतिले कुनै महिलालाई सन्तान जन्माउनका लागि तयार गराइरहेको हुन्छ । महिलालाई थप बलियो बनाइरहेका हुन्छ, जसका कारण भविष्यमा हुने प्रसवपीडाको दुःखाईलाई सहन सकून् ।

महिनावारीको प्रसव पीडासँग हुन्छ नाताः
अष्ट्रेलियाको एक महिला वेबसाइटमा छापेको रिपोर्ट अनुसार महिनावारीमा हुने दुःखाईले प्रसव पीडाको अन्दाज लगाउन सकिन्छ । डाक्टर दाशा फिल्डरले वेबसाइटसँग भनिन्, ‘सुरुवातको केही मिनेटमा महिनावारी र प्रसवको पीडा एकै खाले हुन्छन् । फरक मात्र यति छ कि महिनावारीमा पीडा सुरुवातको जस्तै हुन्छ तर प्रसवमा पीडा बढिरहन्छ ।

प्रसवमा १० गुणा बढि हुन्छ पीडाः
महिनावारीको पीडा र प्रसवको पीडामा एक साधारण नाता छ । प्रसवको क्रममा सर्भिक्सको मुख १ सेन्टिमिटर खुल्छ भने प्रसवको क्रममा सर्भिक्सको मुख १० सेन्टिमिटरसम्म खुल्ला हुन्छ जसका कारण बच्चा सजिलै बाहिर आउन सकोस् ।

महिनावारी हुँदा धेरै पीडा हुन्छ भने चिन्ताको कुराः
यो खबरले ती महिला अत्यधिक खुसी हुनेछन् जसलाई महिनावारीको क्रममा धेरै पीडा हुँदैन किनभने उनीहरुलाई भविष्यमा प्रसव पीडा पनि कम हुने सम्भावना भएको बताइएको छ । यद्यपी, जो महिलालाई धेरै पीडा हुन्छ, यो रिपोर्ट अनुसार उनीहरुले प्रसव पीडाको क्रममा थुप्रै गुणा बढि पीडा सहनुपर्ने हुन्छ ।

No comments

Post a Comment