तपाईको काखीबाट पसिना निस्केर गन्हाउने गर्छ ? तपाईको काखीको पसिना गन्हाएर आफैलाई खपिनसक्नु हुन्छ ? तपाईको काखीको पसिनाले कहिलेकाही बेइज्जतको अनुभव गराइरहेको छ ? मानिसलाई काखी लगायत अन्य केही भागहरुबाट निस्केको पसिना धेरै गन्हाउने हुन्छ भने शरिरको केही भागहरुको पसिना अलिकति कम गन्हाउने हुन्छ ।
तपाई आफूलाई यस्ता पसिनाबाट बचाउन चाहनुहुन्छ ? के तपाई केही तरिकाहरु थाहा छ जसले तपाईलाई पसिना आउनबाट कम गर्छ भने पसीनाको दुर्गन्धबाट बचाउन मदत गर्छ ।
गर्मी महिनामा गर्मी सबै मानिसलाई हुन्छ । यो प्राकृतिक र स्वाभाविक पनि छ । गर्मी का दिनमा मानिसहरुलाई गर्मीको अनुभव हुनु एकदम प्राकृतिक कुरा हो । गर्मीमा शरिरबाट पसिना निस्कनु एक सामान्य समस्या हो । कसै कसैलाई जाडा महिनामा पनि सामान्य हिडाइमा पसिना निस्कने गर्छ ।
केयौं दृष्टिकोणबाट शरिरबाट पसिना निस्कनु स्वास्थ्यको लागि फाइदाजनक छ । केयौं मानिसहरुलाई धेरै ज्यादै गर्मी हुने गर्छ भने केही मानिसहरुलाई कम गर्मीको अनुभव हुने गर्छ । परिणामतः थोरै गर्मी लाग्ने मानिसहरुलाई थोरै पसिना निस्किन्छ भने धेरै गर्मी लाग्ने मानिसहरुलाई धेरै पसिना निस्कने गर्छ । कोही कोही मानिसहरु त पसिनाले पुरै शरिर निथु्रक्क भिजिसकेको हुन्छ ।
पसिनाको गन्ध पनि फरक फरक हुन्छ । कसैको पसिना अलि कम गन्हाउने हुन्छ भने कसैको पसिना अलि बढि नै गन्हाउने गर्छ । केही मानिसहरुको पसिनामा धेरै नै तीक्ष्ण र नराम्रो गन्ध आउने गर्छ । उसको छेउमा मानिसहरु उभिन समेत हिच्किचाउने गर्छन् ।
यस्तो दुर्गन्ध पसिना निकाल्ने मानिसहरुको छेउमा गएर उठबस गर्ने त झन सोच्न समेत सकिदैन । यो पसिनाको कारणले तपाईको कपडाबाट दुर्गन्ध यति धेरै आइरहेको हुन्छ कि कही कही मानिसहरु तपाईसँग व्यवहार गर्न कुराकानी पनि हिच्किचाइरहेको हुन्छ । आफू मान्छे नै नरहेको जस्तो अनुभव गर्न बाध्य हुन्छ ।
यसबाट, पसिनाको दुर्गन्धबाट बच्नको लागि १० तरिकाहरु-
१. आफूलाई पसिनाको दुर्गन्धबाट बचाउन चाहनुहुन्छ भने शरिरको सफासुग्घरमा विशेष ध्यान दिनुहोस् । जहाँबाट सबैभन्दा बढी पसिना निस्कने गर्छ, आफनो शरिरको अंडरआर्म्स (underarms) र त्यस ठाउँहरुलाई स्वच्छ राखेर तपाई पसिनाको दुर्गन्धबाट बच्न सक्नुहुन्छ । हरेक दिन आफनो शरिर सफा पानी र साबुनले सफा गरौँ । व्यायाम गरिसकेपछि अवश्य नुहाउनुहोस् ताकि किटाणुहरुबाट पनि बच्न सकियोस् ।
२. आफूलाई पसिनाको दुर्गन्धबाट बचाउन चाहनुहुन्छ भने गर्मी दिनहरुमा सुतिको कपडा लगाउनुस् । यो सुतिको कपडा पसिनालाई सोस्नमा उपयोगी सिद्ध भएको छ । रेशमी कपडाहरुमा पसिना सुख्न पाउदैन र दुर्गन्ध आइरहन्छ ।
३. गर्मी दिनहरुमा यो कुरालाई सधै ध्यानमा राख्नुस् कि तपाईको अन्डरगार्मेन्ट सुति वा मुलायम हुनुपर्छ ।
४. आफूलाई पसिनाको दुर्गन्धबाट बचाउन चाहनुहुन्छ भने तपाइले पहिरिने यो अन्डरगार्मेन्ट साइजभन्दा धेरै टाइट नहोस् ।
५. आफूलाई पसिनाको दुर्गन्धबाट बचाउन चाहनुहुन्छ भने गर्मीको मौसममा अधिक मसालेदार खाना नखानुस् । लसुन, करी या अन्य मसालाहरु तपाईको पसिनाको गन्धलाई बढाउनमा मदत गर्छ, यसैले धेरै दुर्गन्ध बच्नको लागि यी आहारहरुबाट बच्नुस् । तरल पदार्थहरुको सेवन ज्यादाभन्दा ज्यादा गर्नुस् ।
६. गर्मीमा पसिनाबाट बच्नको लागि दाह्री काटन नभुल्नु, शरिरमा रौँहरु धेरै हुनु पनि दुर्गन्ध बढाउन सक्छ । किनकी यो किटाणुहरुलाई पनपनाइरहनमा मदत गर्छ ।
७. यदि तपाई हरेक दिन रौँहरुलाई सफा गर्न सक्नुहुन्न भने त तपाईको शरिरमा प्रत्येक दिन गन्ध बढिरहन्छ, दुइबाट चार हुदै बढिरहन्छ । आफूलाई पसिनाको दुर्गन्धबाट बचाउन चाहनुहुन्छ भने शरिरको अन्डरआर्मस र अन्य भागहरुको नचाहेको रौँहरुलाई हटाइदिनुहोस।
८. सफा अन्डरगार्मेन्टस मात्र पहिरिनुस् । आफूलाई पसिनाको दुर्गन्धबाट बचाउन चाहनुहुन्छ भने अंडरगार्मेन्टसलाई घाममा सुकाएर मात्र लगाउनुस् ।
९. पसिनाको दुर्गन्धबाट बच्नको लागि डिआँडरेंटको प्रयोग गर्नुस् । यसबाट पसिनाका लागि जिम्मेदार किटाणु वा जीवाणुहरु पनपनिन पाउदैन । यो पुरै सुरिक्षत पनि हुन्छ ।
१०. आफूलाई पसिनाको दुर्गन्धबाट बचाउन चाहनुहुन्छ भने पसिनालाई कम गर्नेबारे सोच्नुस् । बोटुलिनम टाँक्सिन एक उपचार हो, जसले पसिनालाई कम गर्ने गर्छ । बोटुलिनम टाँक्सिन उपचार विधि सुरक्षित पनि हुन्छ । यो उपचार विधिमा मानिसहरुको पाखुरामा बोटुलिनम टाँक्सिनको केही इंजेक्सन दिने गरिन्छ ।
यो इंजेक्सनले के गर्छ भने टाँक्सिनले दिमागबाट पसिनाको ग्रन्थिहरुलाई सर्म्पर्क नै तोडिदिन्छ, जसको कारण पसिना अधिक आउन पाउदैन । एकपल्ट उपचारपछि यो दुइ देखि आठ महिनासम्म काम गर्छ । सहयात्री बाट
No comments
Post a Comment