एजेन्सी । भारतमा वेश्यालय चलाउने सबै भारतीय मात्र हुन्छन् भन्ने छैन । एक नेपाली महिलाले पनि लामो समयदेखि भारतमा वेश्यालय चलाउँदै आएकी छिन् । उनको वेश्यालयमा पुगेर करकको जिन्दगी बाँचीरहेकी एक बंगलादेशी महिलाको पिडा यतिबेला सर्वत्र मिडियामा छाइरहेको छ । बंगलादेशको एक गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने सम्बन्धविच्छेद भइसकेकी महिला उनकै सहकर्मीले भारतमा राम्रो काम दिलाउने लोभ दिएर भारतमा ल्याएर बेचिदिए ।
त्यसपछि उनको दासी जीवन सुरु भयो । नेपाली महिलाले चलाएको उक्त वेश्यालयबाट लामो समयपछि उनले मुक्ती पाएर १५ मे मा बंगलादेश फर्किने तयारीमा रहेकी उनी अहिले एक गैर–सरकारी संस्थामा शरण लिएर बसेकी छिन् । भारतबाट बंगलादेश फर्कनुभन्दा पहिले उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक मर्मस्पर्शी चिट्ठी लेखिन् ।
जसमा लेखिए अनुसार उनले भारतमा आफ्ना ग्राहकबाट टिप पाएको केही पैसा बचाएर राखेकी छिन् तर त्यसमा धेरैजसो पाँच सय र हजार रुपैयाँको नोट छ, जुन रद्द भइसकेका छन् । अत्यन्त कष्ट र कलंक उठाएर कमाएको उनका केही हजार रुपैयाँलाई यदि प्रधानमन्त्रीले परिवर्तन गरिदिए भने उनी उनको कृतज्ञ हुनेकुरा उल्लेख गरेकी छिन् । उनी चाहान्छिन् बंगलादेश फर्किनु अघि उक्त पैसा साटिए हुन्थ्यो ।
No comments
Post a Comment