यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ। यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर यो पोष्टलाई शेयर गर्नुहोस् Messenger यो पोष्टलाई शेयर गर्नुहोस् इमेल शेयर गर्नुहोस्
बिरामीतस्वीर कपीराइट
भारतको दिल्लीमा एउटा विद्यालय नजिकैको कन्टेनर डिपोमा ग्यास चुहावट हुँदा कम्तीमा २०० छात्रा बिरामी परेका छन्।
प्रहरीका अनुसार छात्राहरुमा आँखा र घाँटी पोल्ने समस्या देखिएको छ।
चुहावट भएको ग्यास क्लोरोमिथाइल पिरोडिन भएको बताइएको छ, जुन कीटनाशक बनाउन प्रयोग गरिन्छ।
घटनापछि तुग्लाकाबादस्थित उक्त विद्यालय पूर्ण रुपमा खाली गराइएको र विद्यार्थीहरु जोखिमको अवस्थामा नरहेको बताइएको छ।
रानी झांसी विद्यालयका छात्रा र शिक्षकलाई बाहिर ल्याइएको छ र पूरै क्षेत्रलाई घेराबन्दी गरिएको छ।
अतुल गर्ग, प्रमुख अग्नि नियन्त्रक अधिकारी, दिल्ली
उद्धार टोली
दिल्लीका प्रमुख अग्नि नियन्त्रक अधिकारी अतुल गर्गले घटनासँग सम्बन्धित सरकारी विद्यालयमा दुईवटा अग्नि नियन्त्रक र उद्धार टोली परिचालन गरिएको बताएका छन्।
उनले भने, "रानी झांसी विद्यालयका छात्रा र शिक्षकलाई बाहिर ल्याइएको छ र पूरै क्षेत्रलाई घेराबन्दी गरिएको छ।"
दिल्ली प्रहरी र भारतको राष्ट्रिय विपद् मामिलासम्बन्धी फौजले रसायन र कसरी चुहावट हुन पुगेको भन्नेबारे छानबिन गरिरहेका छन्।
उपप्रहरी आयुक्त रोमिल बानियाले पत्रकारलाई भने, "करिब २०० बच्चाहरुलाई उपचारका लागि चारवटा अस्पतालमा भर्ना गरिएको छ। कोही पनि गम्भीर अवस्था छैन। स्थिति अहिले सामान्य छ।"
सुरक्षा मापदण्ड
भारतीय स्वास्थ्यमन्त्रीले सामाजिक सञ्जाल ट्वीटरमार्फत पीडितलाई प्रार्थना पठाएका छन् र अस्पतालहरु तयारी अवस्थामा रहेको बताएका छन्।
भारतमा ग्यास चुहावट प्रायः भइरहन्छ र मुख्यतया सुरक्षा मापदण्डहरु पालना नगरिंदा त्यसो हुने गरेको बताइन्छ।
सन् २०१४ मा छत्तीगढ राज्यस्थित भारतकै सबैभन्दा ठूलो स्टील प्लान्टमा विषाक्त ग्यास चुहावट हुँदा ६ जनाको ज्यान गएको थियो।
सन् १९८४ मा भोपलामा विषाक्त ग्यास चुहावट हुँदा कम्तीमा २५ हजार मानिसको ज्यान गएको थियो र त्यसलाई विश्वमा भएको सबैभन्दा दुखद औद्योगिक दुर्घटनाको रुपम अझै पनि लिइन्छ।BBC
No comments
Post a Comment