पाल्पा – तानसेन नगरपालिका ४ नम्बरमा वडा अध्यक्षका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी पक्का भएका राजेन्द्र श्रेष्ठ (राजु) को ज्यान गएको छ ।
पाल्पा उद्योग बाणिज्य संघका उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठको उपचारको क्रममा गौतमबुद्ध सामुदायिक अस्पताल बुटवलमा शुक्रबार बिहान सवा ७ बजेतिर ज्यान गएको पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । हृदयघातका कारण ज्यान गएको उहाँले जानकारी दिनुभएको छ । तानसेन बिषालबजार बस्ने ४६ वर्षका श्रेष्ठ निर्माण ब्यवसायी पनि हुनुहुन्थ्यो ।
प्रदेश नम्बर ५ मा रहेको पाल्पामा दोस्रो चरणमा निर्वाचन हुनेछ । बिहीबार बेलुका मात्रै श्रेष्ठको वडा अध्यक्षमा उम्मेद्वारी टुंगो लागेको थियो ।श्रोत gaukhabar.com
No comments
Post a Comment