मिडिया एनपी
माओवादी केन्द्रकी खड्कालाई उम्मेदवारी फिर्ता नलिएको भन्दै पति यमबहादुर गुरुङले निर्घात कुटपिट गरेका हुन् । घाइते खड्कालाई पोखराको फेवा सिटी अस्पतालमा भर्ना गरिएको छ ।
हातको हड्डी नै भाँचिएकोले शल्यक्रिया गरेर स्टिल राख्नुपर्ने चिकित्सकले बताएका छन् ।पतिले बाँसको चिर्पटले टाउको, ढाड र हातमा प्रहार गरेको उनले बताइन् । उनको दाहिने हात भाँचिएको छ । उनको टाउकोमा समेत चार वटा टाँका लगाइएको छ ।
खड्काका जेठाजु टेकबहादुर गुरुङ एमालेबाट वडाध्यक्षको उम्मेदवार हुन् । उनले जेठाजुकै निर्देशनमा कुटपिट भएको आरोप लगाइन् ।आजको कान्तिपुरमा खबर छ ।
No comments
Post a Comment