काठमाडौं, बैशाख २५ । कोटेश्वरको एक गेस्टहाउसमा युवतीको हत्या भएको छ । आकासेपुलस्थित होटेल होम गेस्टहाउस एन्ड रेस्टुरेन्टमा काभ्रे महांकालचौर ८ घर भएकी २८ बर्षीया लक्ष्मी तामाङको हत्या भएको हो । होटेलमै बसेका विष्णु सापकोटाले उनको हत्या गरेको प्रहरी आशंका छ ।
हिमचुली खबर डटकमको अनुसार सापकोटाले आइतबार बिहान केही समय एयरपोर्ट गएर आउने बताएका थिए । तर दिउँसो नआएपछि उनी बसेको कोठा खोलेर हेर्दा तामाङको शव भेटिएको हो । शवमा निलडाम रहेकाले हत्या नै गरिएको प्रहरीले जनाएको छ ।
No comments
Post a Comment