Latest News

Tuesday, May 2, 2017

एसिड प्रहारबाट घाइते युवतीको उपचारको क्रममा मृत्यु

एसिड प्रहारबाट गम्भीर घाइते भएकी नवलपरासी गैंडाकोट नगरपालिका–५ की २७ वर्षीया तुलसी सापकोटाको उपचारको क्रममा केहीबेरअघि भैरहवामा मृत्यु भएको छ ।
प्रहरीका अनुसार, बुटवल उपमहानगरपालिका–६ स्थित मेरी डियन होटेलको कोठा नम्बर १०३ मा बसेकी सापकोटालाई सुनील कोइरालाले एसिड प्रहार गरि गम्भीर घाइते बनाएका थिए । सापकोटालाई सोमबार घाइते अवस्थामा प्रहरीले फेलापारि उपचारकालागि अस्पताल पुर्‍याएको थियो ।

तुलसासँगै होटेलमा बसेका धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाले राति सुतेको बेला एसिड हानेको र कोइरालालाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखिएको बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी मुकुन्द मरासीनीले बताए ।
शरीरमा एसिड प्रहार गरिएपछि तुलसा छट्पटाउँदै चिच्याउन थालेपछि होहल्ला भएपछि प्रहरीलाई घटनाको जानकारी आएको थियो । तत्काल प्रहरीले उपचारकालागि बुटवलस्थित अञ्चल अस्पताल लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल पुर्‍याइएको थियो । आज दिउँसो १ बजेतिर तुलसाको मृत्यु भएको हो ।
कोइरालाले के कारणले एसिड प्रहार गरेका हुन् भन्नेबारे भने खुल्न सकेको छैन । कोइरालालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ

No comments

Post a Comment